Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेसको पदाधिकारी बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारको बैठक आज पनि बस्दैछ ।

बैठक दिउँसो २ बजे प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बस्न लागेको हो ।

बैठकमा आगामी १४ औँ महाधिवेशनको विषयमा छलफल हुने बताइएको छ । यसअघि बुधबार बसेको बैठकले क्रियाशील सदस्यता सम्बन्धमा थप केही नमिलेको भए मिलाएर ल्याउन एक दिनको समय दिएको थियो ।

सो समय आज दिउँसो सकिँदै छ । क्रियाशील सदस्यताको विवादका कारण कांग्रेसको आगामी महाधिवेशन निर्धारित मिति भदौ १६ गते भने नहुने भएको छ ।

आजको बैठकमा सरकारमा सहभागी हुने मन्त्रीबारे समेत छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077