Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कक्षा १२का विद्यार्थीलाई परीक्षाअघि खोपको व्यवस्था गर्न सरकारलाई शिक्षा समितिको निर्देशन

काठमाडौँ । बुधबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको बैठकले कक्षा १२ का विद्यार्थीलाई परीक्षाअघि खोपको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अधिकारीसँगको छलफलपछि कोरोना संक्रमणका कारण परीक्षामा सहभागी हुन नसक्ने विद्यार्थीलाई दोस्रो चरणमा परीक्षा दिन पाउने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ । परीक्षाअघि नै परीक्षणको व्यवस्था गर्न र संक्रमण देखिएर सहभागी हुन नसक्ने अवस्था भएमा दोस्रो चरणमा परीक्षा दिने व्यवस्था गर्न समितिले निर्देशन दिएको हो ।

'४ लाख विद्यार्थी छन् । उनीहरुलाई परीक्षा दिनुअघि खोप दिन सकिन्छ भने पहल गर्न सरकारलाई समितिको सुझाव छ, समितिकी सभापति जयपुरी घर्तीले भनिन्, 'साउन ३१ गतेबाट परीक्षा हुने भएकाले अझै समय छ ।'

राष्ट्रिय परीक्षा बोर्डले आगामी साउन ३१ गतेबाट भदौ ९ गतेसम्म कक्षा १२ का परीक्षा सञ्चालन गर्ने तालिका सार्वजनिक गरिसकेको छ । करिब ४ लाख परीक्षार्थी परीक्षामा सहभागी हुँदैछन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077