Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गृहमन्त्री खाँण र अमेरिकी राजदूतबीच भेटघाट, निरन्तर सहयोगको प्रतिबद्दता

काठमाडौं। गृहमन्त्री बालकृष्ण खाणसँग अमेरिकी राजदूत र्‍याण्डी बेरीले शिष्टाचार भेटघाट गरेका छन् ।

गृह मन्त्रालयमा सोमबार भएको भेटमा दुई देशीय आपसी सम्बन्धबारे छलफल भएको गृहमन्त्रीका निजी सचिव नरेन्द्र केसीले जानकारी दिएका छन्। भेटमा गृहमन्त्री खाँणले कोभिड-१९ महामारी नियन्त्रणका लागि खोप सहयोग गर्न आग्रह गरे

‘नेपाल र अमेरिकाबीच लामो समयदेखिको लामो सम्बन्ध छ । अमेरिकाले आर्थिक वृद्धि, प्रकोप नियन्त्रण र कोभिड महामारीबाट बच्नका लागि दिँदै आएको सहयोगलाई निरन्तरता देओस भन्ने हाम्रो अपेक्षा छ,’ खाँणको भनाइ उध्रित गर्दै केसीले भने, ‘हामीलाई नागरिकलाई महामारीबाट बचाउन खोप आवश्यक छ । त्यो खोप अमेरिकाले सहयोगमा उपलब्ध होस भन्ने हाम्रो भनाइ हो ।’

यस्तै, राजदूत बेरीले विगतमा भएको सहयोग निरन्तर रहने बताएका थिए । ‘अमेरिकाले विगतमा दिँदै आएको सहयोगलाई निरन्तरता दिनेछ । हामी सहयोग र सहकार्यका लागि तयार छौँ,’ बेरीले मन्त्री खाणसँग भनेको केसीले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077