Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

उपेन्द्र यादव भन्छन् - ठाकुरलाई गेटमा ताला लगाएको छैनौं, माफी मागेर फर्के बिचार गर्छौं

काठमाडौं । निर्वाचन आयोगमा पुगेका जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुरलाई गेटमा ताला नलगाएको बताएका छन्।

आज आधिकारिकताका लागि आयोगमा कार्यकारिणी सदस्यहरुसहित पुगेका अध्यक्ष यादवले ठाकुरलगायत सो पक्षका नेताहरुले सार्वजनिक रुपमा माफी मागेर आत्मालोचना गरे सो विषयमा पार्टीले बिचार गर्ने बताए ।

आयोगको परिसरमा पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘उहाँहरुलाई हामीले घोक्राएर पठाएको होइन, आफैं बाटो बिराउँदै बिराउँदै गलत ठाउँमा पुग्नुभयो, उनले थपे,  उहाँले बिराएको बाटो र गलत नीति सच्याएर सार्वजनिक रुपमा आत्मआलोचना गरेर आउनेु भयो भने यो पार्टी हो पार्टीले बिचार गर्छ ।

यस्तै अध्यक्ष यादवले=५१ जना केन्द्रीय कार्यकारिणी सदस्य रहेकामा ३४ जनाले आफ्नो पक्षमा सनाखत गरिसकेको दाबी गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077