Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

निर्वाचन आयोगमा जसपाका नेताहरु : सनाखतका लागि छुट्टाछुट्टै कोठाको व्यवस्था

काठमाडौं । निर्वाचन आयोगमा जनता समाजवादी पार्टी -जसपा)का केन्द्रीय कार्यकारिणी समिति सदस्यहरुको सनाखत सुरु भएको छ ।

यसअघि आयोगलेजसपाको आधिकारिकता विवाद निरुपणका लागि इजलास गठन गरी यही साउन ७ गते कानूनी बहस सकेर पार्टी एकीकरण बखत संलग्न कागजातसहित उपस्थित हुन आग्रह गरेको थियो ।

सनाखतका लागि जसपा अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरु निर्वाचन आयोगमा पुगिसकेका छन् भने महन्थ ठाकुर पक्षका नेताहरु पनि पुग्नेक्रम जारी छ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जसपाका कार्यकारिणी समिति सदस्यहरुको ‘हेड काउन्ट’ सुरु भएको बताए । उनले जसपाको आधिकारिकता सम्बन्धी निर्णय आजै आउन पनि सक्ने बताए ।

प्रवक्ता श्रेष्ठका अनुसार आयोगले हेड काउन्टका सदस्यहरुका लागि छुट्टाछुट्टै कोठाको व्यवस्था गरेको छ । कुन पक्षमा लाग्ने भनेर हस्ताक्षर गर्न छुट्टाछुट्टै लाइनको व्यवस्था गरेको श्रेष्ठले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077