Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • लुम्बिनीमा जसपा प्रमुख सचेतक ढेंगा सम्पर्कविहीन

    लुम्बिनीमा जसपा प्रमुख सचेतक ढेंगा सम्पर्कविहीन

    अनलाइन नेपाल
  • सोमबार, ११ साउन २०७८
  • 3.9K
    SHARES

    बुटवल । लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टीकी प्रमुख सचेतक सांसद पूमर्ती ढेंगा सम्पर्कबिहिन भएकी छिन् ।

    ढेंगा आइतबारदेखि एकाएक पार्टी र परीवारको सम्पर्कबाट टाढा भएपछि जसपाले खोजीका लागि इलाका प्रहरी कार्यालय बुटवलमा निवेदन दिएको छ । जसपा लुम्बिनीका अध्यक्ष अशोक यादवले पार्टीका नेता र परीवारको सम्पर्कमा नआएकाले प्रहरीमा निवेदन दिएको बताए ।



    एक जना मात्रै सांसद तलमाथि हुँदा सत्ता राजनीतिको समिकरण प्रभावित हुने भएपछि सांसद लोभ्याउने खेल सुरु भएको हुनसक्ने नेता यादवले बताए। एक नेताका अनुसार सांसद ढेंगालाई मन्त्री बनाउने र अन्य सेवा सुविधा पनि दिने गरि सत्तासिन दलले सरकारलाई समर्थन गर्न दबाब दिएका छन्।



    गत बैशाख १९ गते दोस्रो पटक मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्त भएसँगै लुम्बिनीको राजनीतिमा अपत्यारिला र रोचक खेलहरू सुरु भएको हो। सत्ताराजनीतिकै खेलका कारण नेकपा एमालेका २ सांसदले पदबाट राजीनामा दिए।

    दाङकी बिमला ओली तत्तकालीन नेकपाबाट उपचुनाव जितेकाले अदालतको आदेशपछि माओवादी केन्द्र रोजेकी छन्। घटना यतिमा मात्रै सिमित भएन। जसपाका ४ जना सांसद पोखरेल नेतृत्वको सरकारमा सहभागी भए। तर, असार १८ गते राज्यमन्त्री पदबाट सुमन शर्माले राजीना गरिन्।

    राज्यमन्त्रीको राजीनामापछि ४२ बाट खुम्चिएर ४१ सदस्यीय भएको सरकारका लागि सांसद शाही संसदमा उपस्थित नहुँदा बजेट स्वतः असफल भयो । त्यसपछि सरकारले नै संसद छाड्यो र मध्यराती संसद अधिवेशन अन्त्य भयो। त्यसको भोलीपल्ट असार १ गते अध्यादेशमार्फत बजेट ल्याएको छ। त्यसयता मुख्यमन्त्री पोखरेललाई नैतिक संकट चुलिएको छ। हाल ८३ सदस्यीय रहेको प्रदेशसभामा एमालेका ३८ सांसद छन्।

    सरकारसँग अहिले ४१ सांसद छन्। विपक्षीहरूसँग नेकपा माओवादी केन्द्र सभामुख सहित १८, नेपाली कांग्रेस १९, जसपा (यादव) पक्ष ३ र राष्ट्रिय जनमोर्चाका एक गरी ४१ सांसद छन्। जसपा प्रमुख सचेतक ढेंगा सम्पर्क बिहिन भएपछि सत्ता समिकरण जटिल बनेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार