Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

तीन दिनसम्म लगातार वर्षा हुने

काठमाडौँ । देशका अधिकांश ठाउँमा तीन दिनसम्म वर्षा हुने भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार केही ठाउँमा ठूलो पानी पर्ने भएकाले सावधानी अपनाउनुपर्ने देखिएको छ । सुदूरपश्चिमका केही ठाउँमा आज र भोली प्रदेश १, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

धेरै ठाउँमा गएरातिदेखि नै पानी परिरहेको छ । महाशाखाले पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक आउने क्रम सुरु भएकाले मनसुन सक्रिय भएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077