Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

यातायात व्यवसायीले बुझाए प्रधानमन्त्रीलाई गाडीको ‘चाबी’

काठमाडौं । सार्वजनिक यातायात केन्द्रीय महासंघले विभिन्न ७ बुँदे माग राख्दै सरकारलाई चाबी बुझाएको छ ।

आइतबार सार्वजनिक यातायात केन्द्रीय महासंघले काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई सांकेतिक रुपमा गाडीको चाबी बुझाएको हो ।

गत असार २४ गतेदेखि विभिन्न माग राख्दै आन्दोलन गर्दै आएको महासंघले आफूहरुको माग पूरा नगरे यातायात सञ्चालन गर्न नसकिने समेत बताएको छ।

चाबीसँगै बुझाइएको ज्ञापनपत्रमा खोपको व्यवस्था र सवारी दुर्घटना भएमा राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको व्यवस्था मिलाउनुपर्ने, भाडा समायोजन गर्नुपर्ने, २० वर्ष पुराना गाडीलाई प्राविधिक चेकजाँचको आधारमा थप १० वर्ष चलाउन दिनुपर्ने माग गरिएको छ ।

त्यस्तै कोरोनाको कारण बन्दाबन्दीको अवधिलाई शून्य समय मान्दै मौद्रिक नीतिमार्फत यातायात व्यवसायीलाई थप कर्जा, पुनर्कर्जा, कर्जा पुनर्तालिकीकरणसहित ब्याजदरमा कम्तीमा बेस रेट कायम गर्नुपर्ने, दुर्घटनाको गम्भीर उपचारमा २० लाखसम्मको विमा हुनुपर्ने पनि व्यवसायीले माग गरेका छन् ।

यस्तो छ यातायात व्यवसायीको माग :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077