Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कोरोना बढेका कारण काठमाडौँमा पुन : निषेधाज्ञा थपिने !

काठमाडौँ । कोरोना भाइरसको संक्रमण बढेसँगै काठमाडौं उपत्यकामा साउन १० गतेपछि पुन : निषेधाज्ञा थपिने सम्भावना बढेको छ।

पछिल्ल्ला केही दिनयता काठमाडौँ उपत्यकाका जिल्ला (काठमाडौँ, भक्तपुर र ललितपुर)हरुमा कोरोना भाइरसको संक्रमण दर पुन: बढ्दै गएका कारण निषेधाज्ञा थपिने सम्भावना बढेको हो ।

यसका लागि उपत्यकाका तीन वटै सीडीओहरुबीच अनौपचारिक रुपमा छलफल समेत भइरहेको र आगामी आइतबार संयुक्त बैठक बसेर अन्तिम निर्णय गरिने काठमाडौँका सीडीओ कालीप्रसाद पराजुलीले बताए। उनका अनुसार अबको निषेधाज्ञा एक सातादेखि १० दिनसम्म थपिने सम्भावना रहेको छ ।

हाल अत्यावश्यक कामले उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा नीजि सवारी साधनलाई आवत् जावत गर्न दिइएको छ ।  यस्तै, उपत्यकामा सभा, समारोह पार्टी प्यालेस, डान्सबार, नाचघर, स्वीमिङ पुल, शैलुन, ब्युटी पार्लर, जिमखाना शैक्षिक संस्था बन्द छन् ।

उपत्यकामा गत वैशाख १६ गतेदेखि लागू भएको निषेधाज्ञा अहिले सम्म पनि जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077