Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

ओली बाहेकका कम्युनिष्ट नेताहरूले एउटै मञ्चबाट सम्बोधन गर्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबाहेकका कम्युनिष्ट नेताहरूले शुक्रबार एउटै मञ्चबाट सम्बोधन गर्ने भएका छन्।

सम्बोधन गर्ने नेताहरुमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीसहितका  कम्युनिष्ट नेताहरुले एउटै मञ्चबाट सम्बोधन गर्ने भएका हुन्।

आज दिउँसो पुष्पलाल मित्रता केन्द्रको आयोजनामा ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा शीर्ष कम्युनिष्ट नेताहरुले सम्बोधन गर्ने एमाले नेता जगन्नाथ खतिवडाले जानकारी दिए।

प्रतिष्ठानले एमाले अध्यक्ष ओली पक्षलाई भने कार्यक्रममा बोलाएको छैन् । कम्युनिष्ट विचार र दर्शनबाट निक्कै टाढा पुगिसकेकाले ओलीलाई नबोलाएको प्रतिष्ठानले जनाएको छ।

कम्युनिष्ट क्रान्तिकारी शक्तिहरुलाई एउटै ठाउँमा केन्द्रित गर्ने उद्देश्य कार्यक्रम आयोजना गरिएको प्रतिष्ठानले बताएको छ।

पछिल्लो समय छरिएर रहेका कम्युनिष्ट नेताहरुले पहिलोपटक एउटै मञ्चबाट सम्बोधन गर्न लागेका हुन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077