Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

बेपत्ता युवकको शव फेला

आर एन यादव / सर्लाही । सर्लाहीको हरिपुर नगरपालिका वडा नम्वर ४ हरैया स्थित सरहारी पोखरीमा डुबेर बेपत्ता भएका युवकको शव सशस्त्र प्रहरीले फेला पारेको छ।

स्थानीय रामपृत माझीको ३० वर्षीय छोरा भुरकुर माझी पोखरीमा डुबेर मंगलबार देखि बेपत्ता रहेका थिए ।

घटनाको जानकारी लगतै ईलाका प्रहरी कार्यालय हरिपुरबाट खटिएको प्रहरी टोलि र अगर्वा गणबाट सशस्त्र प्रहरीको टोलि र स्थानीयको सहयोगमा बुधबार विहान १०:३० बजेको समयमा शव फेला परेको हो ।

शवलाई खोजनका लागि पोखरीमा माछा मार्ने जालको सहयोगमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रहरीका अनुसार युवको मानसिक सन्तुलन ठिक नभएको कारणले यास्तो घटना भएको स्थानीहरुले बताए । घटनाको बारेमा थप अनुसन्धा भई रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077