Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • कांग्रेसद्वारा महाधिवेशनका लागि ‘डिजिटल भोटिङ’ प्रविधि सुनिश्चित

    कांग्रेसद्वारा महाधिवेशनका लागि ‘डिजिटल भोटिङ’ प्रविधि सुनिश्चित

    अनलाइन नेपाल
  • मंगलबार, ५ साउन २०७८
  • 1.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा आवश्यक परे ‘डिजिटल भोटिङ’गर्ने तयारी थालिएको छ ।

    आज कांग्रेसको सूचना, सञ्चार तथा प्रविधि विभागले एक बिज्ञप्ति सार्वजनिक गर्दै डिजिटल भोटिङका लागि प्रविधि सुनिश्चित गरेको जनाएको छ ।



    विभागका सचिव दिनेश थापा मगरद्वारा जारी गरिएको विज्ञप्तिमा ७७ वटै जिल्लाको पार्टी कार्यालयमा उपस्थित भएर मतदान गर्नसक्ने प्रविधि तयार गरिएको उल्लेख छ । डिजिटल भोटिङबाट प्रदेश र केन्द्रीय समितिको निर्वाचन गर्न सकिने विज्ञप्तिमा जनाइएको छ ।



    कांग्रेस केन्द्रीय समितिले डिजिटल भोटिङको निर्णय लिएमा विभागले प्राविधिक व्यवस्थापन निश्चित गर्ने विज्ञप्तिमा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार