Online Nepal
  • आइतबार, १३ असोज २०८१
  • मुलुककै पुरानो चन्द्रनहर भत्कियो, सप्तकोशीको चारवटा वडा डुबानमा

    मुलुककै पुरानो चन्द्रनहर भत्कियो, सप्तकोशीको चारवटा वडा डुबानमा

    अनलाइन नेपाल
  • मंगलबार, ५ साउन २०७८
  • 1.6K
    SHARES

    राजविराज। अबिरल वर्षाका कारण सप्तरीको सप्तकोशी नगरपालिका वडा नम्वर ४ बलार्दह स्थित मुलुककै पुरानो चन्द्रनहरको बाँध भत्किएको छ । सात वटा नदीमा आएको खोलाको बाढीले दुई ठाउँमा चन्द्रनहरको बाँध भत्किएको हो ।

    सप्तकोशी नगरपालिकाका मेयर उत्तम गौतमका अनुसार नहरको बाँध दुई ठाउँमा भत्किएको छ । करिब ५० मिटर नहर भत्किएको छ । ‘अमहा, टेंग्रालगायत नदीको बाढी ओभरफ्लो भई नहरमा खसेको र त्यसपछि नहर नै कटान गरी क्षतिग्रस्त बनायो,’ उनले भने ।



    अबिरल वर्षाका कारण बाढी बस्तीमा पस्दा सप्तकोशी नगरपालिकाका ३ सय घर परिवार डुबानमा परेका छन् । मेयर गौतमका अनुसार सप्तकोशी नगरपालिकाका वडा नम्वर १, २, ४ र ११ वडाका घर डुबेका परेका छन् । ती घरमा ३ फिटसम्म पानी जमेको छ ।



    सोमबार राति देखि परेको अबिरल वर्षाका कारण जिल्लाका नदि र खोलाहरुको जलस्तर बढि रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार