Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बागलुङमा विषाक्त मदिरा सेवन गर्दा ४ को मृत्यु

बागलुङ । बागलुङमा विषाक्त मदिरा सेवन गर्दा चार जनाको मृत्यु भएको छ । दुई जना गम्भीर बिरामी परेका छन् ।

गलकोट नगरपालिका–७ मल्मस्थित खानेपानी आयोजनामा काम गर्ने मजदुरहरूको विषाक्त मदिरा सेवनबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृत्यु हुनेमा २१ वर्षीय दीपेन्द्र पुन, ३९ वर्षीय दूधबहादुर राना, ५१ वर्षीय रेखबहादुर राना र ३० वर्षीय प्रविन घर्ती रहेका छन् । चारै जनाको धौलागिरि अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको हो ।

मदिरा सेवन गरी गम्भीर बिरामी परेका ३८ वर्षीय खेमराज घर्ती र २६ वर्षीय रवीन्द्र पुनको धौलागिरि अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077