Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

देशका अधिकांश क्षेत्रमा पूर्ण बदली

काठमाडौँ । देशभरको मौसम आज सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाण्डौ, प्रदेश १, प्रदेश २ सहित देशका केही ठाउँमा पानी परिरहेको छ । मनसुनी वायुको प्रभाव पूर्वी क्षेत्रतर्फ सरिरहेकाले त्यसतर्फ धेरै पानी पर्ने सम्भावना रहेको छ ।

आज र भोलि पूर्वी क्षेत्रमा धेरै पानी पर्ने सम्भावना छ । केही दिनयता पश्चिमी क्षेत्रमा धेरै वर्षा भएको थियो ।

आज विशेषगरी वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ । बिहिवारदेखि भने केही दिन कम पानी पर्ने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077