काठमाडौं । संसदमा विश्वाशको मत लिनासाथ प्रधानमन्त्री शेरवहादुर देउवालाई भारतीय समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन्।
मोदीले देउवालाई सफल कार्यकालको बधाइ दिएका छन् ।
मोदीले सबै क्षेत्रहरुमा सहकार्य र साझेदारीको अपेक्षा गर्दै जनता–जनताबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउने आशा व्यक्त गरेका छन् ।
देउवाले आज संसदमा विश्वासको पक्षमा १६५ मत प्राप्त गरेका थिए। विपक्षमा ८३ र मत दिन्नमा १ मत परेको थियो । जम्मा उपस्थित संख्या २४९ रहेको थियो ।
https://twitter.com/narendramodi/status/1416801219473936385?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1416801219473936385%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fratopati.com%2Fstory%2F190435%2F2021%2F7%2F18%2Fratopati-news