काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वाशको मत लिने क्रममा संसदमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले हात मिलाएका छन् ।
ओलीले आइतबार संसद्मै देउवालाई बधाई दिएका छन् । ओलीले संसद्मा विपक्षी दलको नेता एवं तत्कालीन प्रधानमन्त्रीको हैसियतमा सम्बोधन गर्ने अपेक्षा भए पनि आफ्नो दलको तर्फबाट प्रवक्ता प्रदीप ज्ञवालीलाई बोल्न अघि सारेका थिए ।
प्रधानमन्त्री देउवाले विश्वासको मत लिने प्रयोजनका लागि बसेको बैठकको मध्यतिर ओलीले देउवालाई बधाई दिएका हुन् ।
प्रधानमन्त्री देउवाले प्रतिनिधिसभाको दोस्रो बैठकबाट विश्वासको मत लिन सफल भएका छन् ।
सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गरेको घोषणा गरे । देउवालाई विश्वासको मतको पक्षमा १६५, विपक्षमा ८३ र मत दिन्नमा १ मत परेको छ । जम्मा उपस्थित संख्या २४९ रहेको थियो ।