काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा प्रमुख प्रतिपक्षी दल एमालेका नेता केपी शर्मा ओलीअनुपस्थित भएको भन्दै गुनासो गरेका छन्।
प्रधानमन्त्री देउवाले विश्वासको मत दिने प्रतिबद्धता जनाउने दलप्रति धन्यवाद दिए ।
आइतबार प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने क्रममा प्रधानमन्त्री देउवाले संसद विघटन गर्ने नाममा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बाध्य पारेको बताए । उनले भने, ‘दुई बजे संसद विघटन गर्ने ? राष्ट्रपति विचरा सुत्न पाउनुभएन । उहाँले बाध्य पारिदिनुभयो।'
प्रधानमन्त्री देउवाले अहिलेको पहिलो प्राथमिकता खोप भएको वताउँदै छिमेकी देशहरुसँग सम्बन्ध बिस्तार गर्ने उल्लेख गरे ।