काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा बैठकमा विश्वासको मत मागिरहेको बेला नेकपा एमालेका माधव नेपाल पक्षीय केही सांसद बैठक हलबाट बाहिरिएका छन् । पार्टी एकता कायम होस् भनेर उनीहरु बैठक हलबाट बाहिरिएका हुन ।
विश्वासको मतका लागि आवश्यक पर्ने गरी मात्र माधव पक्षका सांसदहरूले मत दिने तयारी भएको छ ।
जसपाको महन्थ पक्षले विश्वासको दिन भएपछि देउवालाई बहुमतका लागि माधव पक्षको मत अनिवार्य नपर्ने वताइन्छ ।
नेपाल समूहका सबै नेताले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने अवस्था देखिएको छ।