Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

जसपा विवादबारे आजदेखि निर्वाचन आयोगमा सुनुवाइ, वकिलहरुद्वारा बहिस्कारको घोषणा

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) को विवादबारे आजदेखि निर्वाचन आयोगले सुनुवाइ गर्दैछ ।

जसपामा अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीच आधिकारिकतासम्बन्धी विवाद चलिरहेको छ । दुबै पक्षले पार्टी एकता सम्भव नभएको भन्दै अलग हुने सहमति गरेपछि आयोगले पदाधिकारीहरु सम्मिलित इजलास गठन गरेर आजदेखि सुनुवाइ गर्न लागेको हो ।

सुनुवाइका क्रममा ठाकुर र यादव दुबै पक्षका वकिलहरूले अदालतमा जस्तै निर्वाचन आयोगमा उपस्थित भएर बहस गर्नुपर्ने छ । तर, केही वकिलहरूले आयोगमा अध्यादेशबाट नियुक्त भएका पदाधिकारीले गर्ने सुनुवाइ बहिस्कार गर्ने निर्णय गरेका छन् ।

जसपाका अध्यक्ष उपेन्द्र यादव, बरिष्ठ नेता अशोक राई र नेता राजेन्द्र श्रेष्ठले शुक्रबार नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा केही कानूनविद्हरुले यसबारे छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077