Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ओली सरकारले गरेको ११ राजदूत नियुक्ति रद्द

काठमाडौँ । मन्त्रिपरिषदको बैठकले केपी शर्मा ओली सरकारद्धारा सिफारिस गरिएका ११ मुलुकका राजदूत नियुक्ति प्रक्रिया रद्द गर्ने निर्णय गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले ‘एग्रिमो’का लागि सम्बन्धित मुलुकहरुमा परराष्ट्र मन्त्रालयले पत्राचार गरिसकेको भएता पनि त्यसलाई रद्द गर्ने निर्णय गरेको हो।

शेरबहादुर देउवा सरकारले गरेको यो पहिलो महत्वपूर्ण निर्णय हो। नेकपा एमालेको एक खेमा र परराष्ट्र मन्त्रालयमा असन्तुष्टी चर्किने गरी ओली सरकारको मन्त्रिपरिषदले गत जेठमा ११ मुलुकका लागि राजदूत सिफारिस गरेको थियो।

ओली सरकारले अस्ट्रियाका लागि निर्मलराज काफ्ले, इजिप्टका लागि जीवन प्रकाश श्रेष्ठ, श्रीलंकाका लागि रमेशचन्द्र पौडेल, साउथ कोरियाका लागि कृष्णचन्द्र शर्मा, अस्ष्ट्रेलियाका लागि सुम्निमा तुलाधर, रसियाका लागि जंगबहादुर चुहान, म्यानमारका लागि नारायणप्रसाद संग्रौला, बहराइनका लागि युवराज कार्की, ब्राजिलका लागि कुलप्रसाद नेपाल, डेनमार्कका लागि सुमित्रा सुवेदी र साउदी अरबियाका लागि मेराज मुसलमानलाई राजदूत तोकेको थियो।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077