Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

मनसुन सक्रिय, देशभर वर्षा

काठमाडौँ । आज पनि देशभर मनसुन सक्रिय रहने छ ।

अहिले गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा वर्षा भइरहेको छ । अबको तीन दिन नै यी प्रदेशमा वर्षा हुने अनुमान गरिएको छ ।

यी प्रदेशका केही ठाउँमा धेरै ठूलो र धेरैजसो ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसमपूर्वानुमान महाशाखाले जनाएको छ । तीन दिन नै ठूलो पानी पर्ने भएकाले बाढी पहिरोको जोखिम उच्च छ । आज वाग्मती प्रदेश र प्रदेश १ मा पनि ठूलो पानी पर्ने सम्भावना छ ।

मनसुन सक्रिय नै रहेकाले देशभरको मौसम बद्ली भएको छ भने धेरै ठाउँमा रातिदेखि नै वर्षा भइरहेको छ । अबको तीन दिन नै देशभरको मौसम यस्तै रहने छ ।

आज राति पनि देशभरको मौसम सामान्यदेखि पूर्ण बद्ली रही धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित ठूलो वर्षाको सम्भावना छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077