Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

शशांक निवासमा कोइराला परिवारको लञ्च, कसलाई सभापति बनाउने भन्ने बारे छलफल

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आउन अब लगभग एक महिनामात्र बाँकी छ । महधिवेशन नजिकिइरहेको बेला विभिन्न पदका आकांक्षीहरुले भेटघाटलाई तिव्र बनाइरहेका छन् । पार्टी सभापतिमा झण्डै आधा दर्जनले उम्मेदवारी घोषणा गर्ने बताइरहेका बेला कोइराला परिवारका तीनै जना सदस्य भने आज एकै ठाउँमा भेला भएका छन्।

शशांक कोइरालाको निवास महाराजगञ्जमा केन्द्रीय सदस्य डा शेखर कोइराला र नेतृ सुजाता कोइराला भेला भएका हुन्। भेलामा कांग्रेस महाधिवेशनमा केन्द्रित भएर कुराकानी भएको शेखर कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपिलियाले बताए।

संस्थापन इतर समूहबाट महाधिवेशनमा एकै जना उम्मेदवार बनाउने विषयमा छलफल भइरहेका बेला कोइराला परिवरका सदस्यहरुको भेटलाई महत्वपूर्ण रुपमा हेरिएको छ ।

कोइराला परिवारबाट शशांक र शेखर दुबै सभापति उठ्न खोजिरहेका छन् भने दुबै बलियो दाबेदारको रूपमा देखिएका छन्।

तर, आजको भेटलेदुबैले एक–अर्काको साथ खोजिरहेको देखिन्छ । शशांकलाई अघिल्लो महाधिवेशनमा महामन्त्री पदका लागि बाटो खोलिदिएका शेखर यसपालि यसपालि आफू जुनसुकै अवस्थामा सभापतिको उम्मेदवार बन्ने योजनामा छन्।

तर, शशांक आफैं उम्मेदवार बन्ने जोडमा लागेपछि कोइराला परिवारभित्रै दुई उम्मेदवार देखिएका छन्। हुन त सुजताले पनि वरिष्ठ नेता रामचन्द्र पौडलको साथमा सभापतिमा उम्मेदवारी दिने बताइरहेकी छन् । यस्तो बेला भएका ‘लञ्च मिटिङ’ ले ठोन निर्णय गर्न सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077