Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सचिवालयको ट्विटर ओलीले ‘कब्जा’ गरेपछि प्रधानमन्त्री देउवाले खोले नयाँ अकाउन्ट

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले नयाँ ट्वीटर अकाउन्ट सञ्चालनमा ल्याएको छ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयबाट प्रधानमन्त्रीको ट्विटर अकाउन्ट @PM_Nepal को पासवर्ड नपाएपछि नवनियुक्त प्रधानमन्त्री देउवाको सचिवालयले सोही ह्यान्डल राखेर नयाँ अकाउन्ट खोलेको हो।

६ लाख ४७ हजार फलोअर्स रहेको ट्विटर अकाउन्टलाई ओलीको सचिवालयले ‘कब्जा’ गरेपछि देउवाको सचिवालयले अहिले नयाँ अकाउन्ट खोलेको हो ।

प्रयोगमा रहेको प्रधानमन्त्रीको आधिकारिक ट्वीटर अकाउण्टलाई अहिले @PM_Nepal नाममा कायम गरिएको छ। प्रधानमन्त्री फेरिएपछि सचिवालयका सामाजिक सञ्चालहरुको पासवर्ड हस्तान्तरण गरिनुपर्ने भए पनि ओलीले भने देउवाको सचिवालयलाई पासवर्ड नदिएको बालुवाटार स्रोतले बतायो ।

पहिलेको ट्वीटर अकाउन्ट @PM_Nepal पासवर्ड नपाएपछि अहिले देउवा सचिवालयले @PM_nepal_ नाम राखेर नयाँ अकाउन्ट खोलेका छ । नयाँ अकाउन्ट २०२१ जुलाइमा दर्ता भएको देखिन्छ।

ह्यान्डल परिवर्तन गर्नुअघि भेरिफाइडसमेत भएको सो अकाउन्ट यसअघि देउवाको सचिवालयबाटै ओलीको सचिवालयलाई हस्तान्तरण भएको थियो।

नेपाली प्रधानमन्त्रीको नाममा ट्विटर अकाउन्ट @PM_Nepal सुशील कोइरालाको पालामा खोलिएको थियो। त्यसयता सोही अकाउन्ट पछिल्लो प्रधानमन्त्रीको सचिवालयलाई हस्तान्तरण हुँदै आएको थियो। प्रधानमन्त्री फेरिएपछि अघिल्लो प्रधानमन्त्रीको पालामा गरिएका ट्विटलाई भने डिलिट गर्ने गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077