Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

ओलीले स्थायी कमिटी रोक्न नमानेपछि बैठक स्थलबाट बाहिरिए माधव पक्षका नेता

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीको बैठक रोक्न अस्वीकार गरेका छन्।

शुक्रबार च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा भइरहेको बैठकलाई रोकेर छलफलमा जुट्न वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरुले आग्रह गरेका थिए।

नेपाल पक्षका कार्यदलमा सदस्य रहेका नेताहरु भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट लगायतका नेताहरु बैठक स्थल पुगेर ओलीललाई बैठक रोक्न आग्रह गरेका थिए।

नेपाल पक्षका नेताहरु बैठक स्थलमा प्रवेश गर्न खोज्दा अध्यक्ष ओलीले नेताहरुलाई रोक्दै माइन्यूटमा हस्ताक्षर गरेर मात्र भित्र प्रवेश गर्न मिल्ने भन्दै उनीहरुलाई रोक्न खोजेपछि नेपालपक्षबाट कार्यदलका संयोजक भीम रावलले आफूहरु बैठकमा भन्दा पनि कार्यदलको दुईपक्षबीच भएको सहमति कार्यान्वयनका लागि आएको बताए।

अध्यक्ष ओलीले हस्ताक्षर नगरि नमिल्ने बताएपछि उनले आफू नेकपा एमालेको उपाध्यक्ष रहेको र उपाध्यक्षको हैसियतमा केही कुरा राख्ने भन्दै बैठकमा आफ्ना कुरा राख्दै तत्कालका लागि बैठक रोक्न आग्रह गर्दै १० बुँदे सहमति कार्यान्वयन तर्फ लाग्नुपर्ने बताए।

तर, अध्यक्ष ओलीले उनका कुरालाई वेवास्ता गर्दै बैठकका कार्यसूचीमा प्रवेश गरौं भन्दै बैठकलाई अघि बढाए। ओलीले बैठक रोक्न माधवपक्षले गरेको प्रस्तावलाई अस्वीकार गरे।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077