Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अख्तियारद्वारा हवल्दारसहित ३ जनाविरुद्द भ्रष्टाचारको मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी हवल्दार तारा कुमारी श्रेष्ठसहित ३ जनाविरुद्द घुस लिई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयोगका अनुसार महानगरीय प्रहरी बृत्त नयाँबानेश्वरमा कार्यरत प्र.ह. तारा कुमारी श्रेष्ठले भन्सार चोरी निकासीको अभियोगमा प्रहरी हिरासतमा राखेको व्यक्तिलाई धरौटीमा छुटाई दिन्छु भन्दै सेवाग्राहीसँग घुस लिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो।

प्र.ह. श्रेष्ठले थुनामा रहेको व्यक्ति धरौटीमा छुटाईदिने भन्दै सेवाग्राहीबाट ६० हजार घुस मागेर अनिश जोशीलाई लिन लगाई आफूले अनिशबाट उक्त रकम लिने गरेको अनुसन्धानमा खुल्न आएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

साथै थुनामा रहेको व्यक्ति छुटाउन भनी सेवाग्राहीबाट अनिश जोशीले लिई तारा कुमारी श्रेष्ठलाई दिएको ६० हजार मध्येबाट त्रिभुवन बिमानस्थल भन्सार कार्यालयका कार्यालय सहयोगी (करार) को रूपमा कार्यरत राम खड्काले तारा कुमारी श्रेष्ठबाट ३० हजार  लिएको पुष्टि हुन आएको आयोगले जनाएको छ।

उनीहरु उपर ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ख) बमोजिम सजाय हुन मागदाबी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077