Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अख्तियारको डिएसपी हुँ भन्दै धम्काउने व्यक्ति पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफुलाई अख्तियारको डिएसपी हुँ भन्दै सरकारी कर्मचारीलाई धम्काउने एक व्यक्तिलाई पक्राउ गरेको छ । अख्तियारले  एग्रोमाट नेपाल प्रालि भैसेपाटी ललितपुरका अध्यक्ष अर्जुन भट्टलाई पक्राउ गरेको हो ।

अख्तियारका अनुसार भट्टले एमपि ईन्टरप्राइजेज ललितपुरको पुँजी वृद्धि गर्नका लागि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग ववरमहल काठमाडौं गई आफुलाई अख्तियारको डिएसपी हुँ भनि महानिर्देशक तथा अन्य कर्मचारीहरुलाई काम गर्न अनावश्यक दवाव दिएका थिए।

त्यस्तै , विभिन्न स्थानमा नेपाल चेम्बर अफ कर्मशको अध्यक्ष, राष्ट्रिय कृषि बिकास कम्पनीको सिईओ एवं माथिल्लो तहका व्यक्तिहरुसँग सम्पर्क छ भनि प्रभावमा पार्दै हिडेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको आयोगले जनाएको छ ।

अख्तियाबाट खटिएको टोलीले भट्टलाई वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग ववरमहलबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि महानगरीय अपराध महाशाखामा बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077