Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कांग्रेसबाट गृहमन्त्रीमा बालकृष्ण खाँण र कानूनमा ज्ञानेन्द्रबहादुर कार्की मन्त्री बन्ने

काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकारमा कांग्रेसबाट केन्द्रीय सदस्य बालकृष्ण खाँण मन्त्री बन्ने भएका छन् ।

स्रोतका अनुसार कांग्रेस संसदीय दलका प्रमुख सचेतक रहेका खाँड गृहमन्त्री बन्न लागेका हुन् । यस्तै, कांग्रेसकै अर्का नेता ज्ञानेन्द्र बहादुर कार्की कानुनमन्त्री बन्ने पक्का भएको कांग्रेसनिकट स्रोतको भनाइ छ।

मंगलबार देउवा नेतृत्वको सरकारमा सानो आकारको मन्त्रीमण्डल बनाउने तयारी भइरहेको छ ।

नवनियुक्त प्रधानमन्त्री देउवाले साँझ ६ बजे सपथ लिँदैछन् । यस्तै ,नेपाल कम्युनिष्ट पार्टी (नेकपा)माओवादी केन्द्रबाट देउवा नेतृत्वको मन्त्रिमण्डलमा जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री बन्ने भएकी छन् ।

माओवादी स्रोतका अनुसार शर्मा अर्थमन्त्री र भुसाल उर्जा तथा जलस्रोतमन्त्री बन्ने भएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077