Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कांग्रेस सभापति देउवा पांचौं पटक प्रधानमन्त्रीमा नियुक्त, यसअघि कहिले-कहिले भएका थिए ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पांचौंपटक प्रधानमन्त्रीमा नियुक्त भएका छन्।

मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसार देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन्।

राष्ट्रपति भण्डारीका संचार बिज्ञ टिका ढकालका अनुसार देउवालाई प्रधानमन्त्री नियुक्त गरिसकिएको छ, सम्भवत: सोको जानकारी नयाँ प्रधानमन्त्रीलाई पठाइसकिएको छ, सपथको तयारी हुँदैछ,’ ढकालका अनुसार सपथ ग्रहणको समय भने निर्धारण भइसकेको छैन।

‘प्रधानमन्त्री नियुक्त व्यक्तिसँग सपथको समयबारे समन्वय भइरहेको छ, हामी जानकारी गराउँछौं,’ ढकालले भने।

सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा पुनर्स्थापना गर्दै कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो।

यसअघि कांग्रेस सभापति देउवा पहिलो पटक २०५२ सालमा प्रधानमन्त्री भएका थिए। त्यसपछि उनी २०५८ साल र २०६१ सालमा प्रधानमन्त्री भएका थिए।

उनी २०७४ सालमा चौथोपटक प्रधानमन्त्री भएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077