Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सर्वोच्च अदालतको फैसलाबिरुद्द सशक्त आन्दोलनमा जानुपर्नेमा ओलीको जोड

काठमाडौं। प्रधानमन्त्री केपी ओलीले सर्वोच्च अदालतको फैसलाबिरुद्द सशक्त आन्दोलनमा जानुपर्ने बताएका छन् ।

सर्वोच्च अदालतले संसद विघटन बदर गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएपछि  बालुवाटारमा ओलीले आफु निकट स्थायी समिति सदस्यहरूको  बैठक बोलाएका थिए।

स्रोतका अनुसार ओलीले लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र शक्ति पृथकीकरणको बर्खिलापमा फैसला आएको भन्दै पार्टी सशक्त आन्दोलनमा जानुपर्ने बताएका छन् ।

फैसलालगत्तै ओलीकै निर्देशमा नेकपाका नेता महेश बस्नेतको अगुवाइमा आज सर्बोच्च अदालतबिरुद्द प्रदर्शन र बिरोधसभा भएको थियो।

बैठकमा उपाध्यक्ष भीमबहादुर रावलले पार्टीद्वारा गठित कार्यदलले अगाडि सारेको १०बुँदे सहमतिको प्रस्तावको औचित्यमाथि प्रकाश पारेका थिए । उनले प्रतिवेदन प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077