Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • देउवाले  सानो आकारको मन्त्रिमण्डल गठन गर्ने

    देउवाले  सानो आकारको मन्त्रिमण्डल गठन गर्ने

    अनलाइन नेपाल
  • सोमबार, २८ असार २०७८
  • 3.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं।  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले  सानो आकारको मन्त्रिमण्डल गठन गर्ने भएका छन् ।

    सर्वोच्च अदालतको फैसला लगत्तै बसेको विपक्षी गठबन्धनको बैठकपछि  सानो मन्त्रीमण्डल गठन गर्ने र दलहरुबीचमा सहमति र सहकार्यलाई अगाडि बढाउँदै लैजाने विषयमा छलफल भएको छ ।



    बैठकमा  संविधान, लोकतन्त्र र संसद्को रक्षाका लागि सर्वोच्चले गरेको आदेश ऐतिहासिक भएको भन्दै स्वागत गरिएको छ । देउवाको नेतृत्वमा सरकार गठन गर्ने र सबै दलहरू मिलेर अघि बढ्ने बारे सहमति जुटेको छ।



    सर्वोच्च अदालतले संसद विघटन बदर गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएपछि विपक्षी गठबन्धन छलफलमा जुटेको हो। बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एमाले (माधव नेपाल समूह), जनता समाजवादी पार्टी (उपेन्द्र यादव समूह) र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरु सहभागी थिए ।

    कांग्रेसकातर्फबाट सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, प्रमुख सचेतक बालकृष्ण खाण सहभागी थिए भने त्यसैगरी माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कृष्णबहादुर महरा सहभागी छन् भने एमाले नेता माधव कुमार नेपाल पनि गठबन्धन बैठकमा सहभागी थिए ।

    जसपाकातर्फबाट संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, उपेन्द्र यादव र महेन्द्र राय यादवका र जनमोर्चाबाट उपाध्यक्ष दुर्गा पौडेल सहभागी थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार