Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • ‘ऐतिहासिक फैसलाको हार्दिक स्वागत’

    ‘ऐतिहासिक फैसलाको हार्दिक स्वागत’

    अनलाइन नेपाल
  • सोमबार, २८ असार २०७८
  • 2.6K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसले सर्वोच्च अदालतको आजको फैसलालाई ऐतिहासिक फैसाल भन्दै स्वागत गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवालले एक प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्–‘सम्मानित सर्वोच्च अदालतले नेपाली कांग्रेस लगायत ५ दलले दर्ता गरेको रीट निवेदन उपर गरेको फैसलाको हार्दिक स्वागत गर्दछु ।’

    सर्वोच्चको फैसलाले लिक बाहिर धकेलिएको संविधानलाई ट्रयाकमा ल्याएको छ भन्दै उनले स्वतन्त्र न्यायपालिकाप्रतिको आस्था र विश्वासलाई थप अभिवृद्धि गरेको पनि जनाएका छन् ।



    यस्तो छ सभापति देउवाद्वारा जारी गरिएको विज्ञप्ति
    ऐतिहासिक फैसलाको हार्दिक स्वागत
    सम्मानित सर्वोच्च अदालतले नेपाली कांग्रेस लगायत ५ दलले दर्ता गरेको रीट निवेदन उपर गरेको फैसलाको हार्दिक स्वागत गर्दछु । यो फैसलाले लिक बाहिर धकेलिएको संविधानलाई ट्रयाकमा ल्याएको छ भने स्वतन्त्र न्यायपालिकाप्रतिको आस्था र विश्वासलाई थप अभिवृद्धि गरेको छ । लोकतन्त्र र लोकतान्त्रिक संविधान रक्षाका लागि विभिन्न ढंगले आन्दोलनमा सरिक राजनैतिक दलहरू, सबै कानून व्यवसायीहरू, भ्रातृ र शुभेच्छुक संस्थाहरु, नागरिक आन्दोलन र सजग सञ्चार माध्यम एवं स्वदेश र विदेशमा रहेका सबै नेपाली दिदीबहिनी–दाजुभाइलाई बधाई ज्ञापन गर्दछु ।
    देश र जनताको हितमा संयम र एकतासाथ समर्पित भएर कार्य गर्न हामी सबैलाई फैसलाले अझ जिम्मेवार बनाएको छ । कसैले पनि यसलाई ब्यक्तिगत जीत हारको बिषयका रूपमा नलिई लोकतन्त्र, लोकतान्त्रिक संविधान अनि समग्रमा देश र जनताको हितमा उपयोग गरेर जानुपर्दछ भन्ने अपील र आग्रह पनि म गर्न चाहन्छु ।
    जय नेपाल १
    शेरबहादुर देउवा
    सभापति



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार