Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

देउवा प्रधानमन्त्री बन्ने भएपछि काँग्रेस शीर्ष नेता बूढानीलकण्ठमा

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनः स्थापना गरेर काँग्रेस सभापति शेरबहादुर देउवालाई दुई दिनभित्र प्रधानमन्त्री बनाउन परमादेश जारी गरेसँगै नेपाली कांग्रेसका शिर्ष नेताहरु बुढानिलकण्ठ पुगेका छन् ।

सभपति देउवाले निजी निवासमा कांग्रेसका शिर्ष नेताहरुका साथसाथै विपक्षी गठबन्धनका नेताहरूसँग छलफल गर्दैछन् । देउवाले पार्टीका शीर्ष नेताहरूलाई आफ्नो निवास बूढानीलकण्ठ बोलाएका हुन् । काँग्रेसका शीर्ष नेता देउवा निवास पुगिसकेका छन् ।

पार्टीका नेताहरूसँगको आन्तरिक छलफलपछि देउवाले विपक्षी गठबन्धनका नेताहरूसँग आजै छलफल गर्ने खड्काले बताए । देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै कांग्रेससहित माओवादी केन्द्र र नेकपा एमालेकै माधव पक्षका सांसदहरुले सर्वोच्चमा हस्ताक्षरसहित निवेदन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077