Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दुई कार्यदलबीच भएको सहमतिबारे माधव नेपालको असहमति

काठमाडौँ । आइतबार राति नेकपा एमालेको दुई कार्यदलबीच भएको सहमतिबारे पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले असहमति जनाएका छन् ।

अदालतको निर्णयलाई प्रभावित हुने गरी भएको सहमति मान्य नहुने नेता नेपालले बताएका छन्। अदालतको निर्णयलाई प्रभावित हुने गरी हुने सहमति स्वीकार्य नगरिने यो सहमतिले अदालतको निर्णय प्रभावित हुन्छ भन्ने कुरामा सचेत रहेको नेपालको तर्क छ ।

सहमतिको ६ नम्बर बुँदामा अदालतको निर्णय र नयाँ सरकारको सम्बन्धमा एकताको भावनाअनुसार निर्णय लिने उल्लेख छ।

उक्त बुँदामा भनिएको छ, प्रतिनिधिसभा विघटन सम्बन्धी सर्वोच्च अदालतमा विचारधीन मुद्दा र सरकारका सम्बन्धमा पार्टी एकताको मर्म र भावनाका आधारमा विधि सम्बत् संस्थागत निर्णय अनुरुप हामी अगाडि बढ्नेछौँ।’

दोस्रोपटक भएको प्रतिनिधिसभा विघटन मुद्दाको फैसला सोमबार सार्वजनिक हुने तयारी भइहरको बेला एमाले कार्यदलले विवाद अन्त्य भएको घोषणा गर्दै दश बुँदे सहमति सार्वजनिक गरेको थियो ।

विपक्षी गठबन्धनबाट नेपाल पक्षलाई बाहिर निकाल्न ओलीको रणनीति रहेको अड्कलवाजी भइरहँदा नेता नेपालले सहमतिप्रति असहमति जनाएका हुन् ।

आइतबार बिहान आफ्नो कार्यदलका सदस्यहरुलाई नेता नेपालले अदालतको निर्णय प्रभावित हुने गरी कुनै सहमति नगर्न निर्देशन दिएका थिए।

कार्यदलमा ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदिप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल थिए भने नेपाल पक्षबाट भीम रावल, घनश्याम भुसाल, गोकर्ण बिष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका थिए।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077