Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

 आफ्नै दाइको हत्या गरेको आरोपमा भाई पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङले  आफ्नै दाइको हत्या गरेको आरोपमा  एक युवकलाई पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका-५ पृथ्वी चोकका साजन सिंहलाई शुक्रबार राति आफ्नै दाजुको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

साजनले शुक्रबार राति आफ्नै दाजुको हत्या गरेको प्रहरीसमक्ष स्वीकारेका छन्  ।

घरायसी विवाद हुँदा शुक्रबार राति साढे १० बजे साजनले आफ्नै दाइ ४२ वर्षीय भोला सिंहलाईलाई चक्कुले हानेका थिए ।

कुटपिटबाट गम्भीर घाइते भएका भोलाको उपचारका क्रममा विराट अस्पतालमा राति ११ बजे नै मृत्यु भएको छ ।

पक्राउ परेका सिंहलाई कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077