Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दार्चुलामा पहिरोमा पुरिएर ३ को मृत्यु

दार्चुला। लगातारको वर्षासँगै आएको पहिरोमा पुरिएर दार्चुलामा ३ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नौगाड गाउँपालिका–३ खार चौखुट्टेका ७२ वर्षीया गेउली ठगुन्ना, उनकी ३ महिनाकी नातिनी मन्जरी ठगुन्ना र २९ वर्षीय लक्ष्मण सितोली रहेका छन् ।

गेउली र मन्जरीको घर पुरिँदा मृत्यु भएको हो भने लक्ष्मणको पानीघट्ट जाने क्रममा माथिबाट आएको पहिरोमा पुरिएर ज्यान गएको प्रहरी नायब उपरीक्षक मनोहर भट्टले जानकारी दिए ।

पहिरोमा परेर नौगाड गाउँपालिका–३ कै १८ वर्षीया हरमती ठगुन्ना घाइते भएकी छिन् ।

यसैबीच नौगाड गाउँपालिका–३ स्थित ३२ किलोवाट क्षमताको खार खोला दोस्रो लघु जलविद्युत आयोजनाको संरचना बाढीले बगाएको छ । बाढीले खार र जामिर जोड्ने झोलुङ्गे पुल, तीन निर्माणाधीन पुल, तीन पानीघट्ट समेत बगाएको प्रहरीले जनाएको छ ।

उक्त क्षेत्रका आधा दर्जनभन्दा बढी घर पहिरोको उच्च जोखिममा रहेका छन् । अहिले प्रहरी टोली सो क्षेत्रमा परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077