Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पाल्पामा पहिरोले घर पुरिँदा एकको मृत्यु, एक बालक बेपत्ता

पाल्पा। पाल्पाको तिनाउ गाउँपालिका–५ मा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ । चार वर्षीय बालक बेपत्ता भएका छन् । उक्त घटनामा सात जना घाइते भएका छन् ।

तिनाउ–५ का ४५ वर्षीय वीरबहादुर गुरुङको पहिरोमा पुरिएर मृत्यु भएको हो । स्थानीय पूजा परियारका चार वर्षीय छोरा बेपत्ता भएका छन् ।

अहिले घटनास्थलमा प्रहरी टोली उद्धारका लागि गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरोले नरबहादुर राना, आकाश तामाङ, हरि दर्लामी, वीरबहादुर गुरुङ र रमेश परियारको घर पुरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077