Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

निर्वाचन आयोगद्वारा जसपा विवाद निरुपण गर्न पाँच सदस्यीय इजलास गठन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को विवाद निरुपण गर्न निर्वाचन आयोगले पाँच सदस्यीय इजलास गठन गरेको छ ।

बुधबार बसेको आयोगका पदाधिकारीहरुको बैठकले प्रमुख आयुक्त दिनेश थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरेको हो ।

यस्तै, बैठकले आगामी साउन ३ गते सुनुवाइका लागि दुबै पक्षलाई बोलाउने निर्णय गरेको आयोगको स्रोतले जानकारी दिएको छ ।

पछिल्लो समय जसपाको उपेन्द्र यादव पक्ष र महन्थ ठाकुर पक्षबीच आधिकारिकताको विवाद छ । दुवै पक्षले एकअर्कालाई कारबाहीको निर्णय गर्दै निर्वाचन आयोगमा अद्यावधिकका लागि निवेदनसमेत दिएका थिए ।

यद्यपि आयोगले दुवै पक्षको कारबाही अमान्य भन्दै जसपाको पुरानै पदाधिकारी कायम रहने निर्णय गरेको थियो ।

यसअघि मंगलबार आयोगले सहमतिका लागि बोलाएपछि आयोग पुगेका दुवै पक्षका नेताहरूले आफूहरु मिल्न नसक्ने बताएका थिए । जसपा नेता अनिल झाका अनुसार मिल्न सकिन्नँ भनेर दुवै पक्षका नेताहरूले हस्ताक्षर गरेर आयोगलाई दिएको हो । नेताहरूले आयोगले राजनीतिक दल सम्बन्धी कानुन अनुसार कसलाई आधिकारिता दिन मिल्छ उसैलाई दिनू समेत भनेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077