Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माओवादी केन्द्रको दर्ता खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन पेश

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रको दर्ता खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन पेश भएको छ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार नेकपा माओवादी केन्द्र परित्याग गरेर नेकपा एमालेमा गएका नेताहरूले आज आयोग पुगेर निवेदन पेश गरेका हुन्।

उनीहरूले निवेदनमा माओवादीको दर्ता खारेजी गरिपाऊँ भनेका छन्, प्रवक्ता श्रेष्ठले भने, ‘संविधान र राजनीतिक दल सम्बन्धी ऐनअनुसार माओवादी केन्द्रको हैसियत गुमिसकेकोले दल दर्ता खारेजी गरिपाऊँ भनेर निवेदन पेश भएको छ।'

दर्ता खारेजी गरिपाऊँ भन्दै पूर्वसांसदहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको टोली निर्वाचन आयोग गएका हुन् ।

सर्वोच्च अदालतले २३ फागुनमा साबिकको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता खारेज गरेपछि नेकपा एमालेतिर लागेका उनीहरुलाई माओवादीले कारबाही गरेको थियो ।

अवैधानिक पार्टीले गरेको कारबाहीका कारण जनताबाट निर्वाचित आफूहरुको पद गएको भन्दै उनीहरुले गुनासो समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077