Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

पूर्वी नवलपरासीकी युवती आठ दिनदेखि बेपत्ता, प्रेमी पक्राउ

चितवन । पूर्वी नवलपरासीकी एक युवती आठ लिनदेखि बेपत्ता छिन् ।

पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–४ की २१ वर्षीया बिना सापकोटा असार १४ गतेदेखि बेपत्ता भएको उनको परिवारले जनाएको छ । परिवारको उजुरीका आधारमा प्रहरीले उनको खोजी गरिरहेको छ ।

प्रहरीले उनका प्रेमी भनिएका चितवनको भरतपुर महानगरपालिका–४ का प्रवेश कँडेललाई पक्राउ गरेर अनुसन्धान थालेको छ ।

बिनाका बुवा जयेश्वर सापकोटाले छोरीसँग हराएकै दिन तीन पटक कुरा भएको बताएका छन् । भरतपुर–४ यज्ञपुरीका युवक कँडेलसँग उनी प्रेम सम्वन्धमा रहेको बिनाको परिवारले स्वीकार गरेको छ ।

प्रहरीले घट्नाबारे अनुसन्धान गरिरहेको चितवनका प्रहरी प्रमुख एसपी ओम अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077