मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सानातिना समस्यामा अल्झनुपर्नेछ । सरकारी निकायको भय रहला । स्वास्थ्य प्रति पनि सजग रहनु पर्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज सामान हराउने यो छ । नयाँ ठाउँमा लगानी गर्नु पनि उचित छैन, तर कृषि व्यवसायबाट राम्रै आम्दानी गर्न सकिनेछ ।
दाम्पत्य जीवन सुखमय हुनेछ । स्वादिष्ट भोजन र परिकारको अवसर मिल्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।
आज कुनै न कुनै कुराले मनमा प्रसन्नता छाउनेछ । नयाँ कार्यको योजना बन्नेछ । अरूलाई सहयोग पनि गर्न सकिनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज स्वास्थ्य जाँचको लागि अस्पताल जानु पर्ला र धन खर्च होला , तर साँझ सम्ममा शुभ समाचार सुन्न पाइनेछ ।
आज साङ्गीतिक क्षेत्रमा रुचि बढ्नेछ । आफन्तले सहयोग गर्नेछन् । नयाँ र शुभकार्यको चर्चा पनि चल्नेछ ।
प्रविधि मार्फत आफन्त सँग भेटघाट हुनेछ । अधुरा काम पुन: सुरु हुनसक्छ । उपहार पाइने सम्भावना पनि छ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
मनमा हर्ष, उमङ्ग र उत्साह रहला । अरुको मन पनि जित्न सकिनेछ, तर पढाइमा बढी मेहनत गर्दा मात्र सफल भइनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
न्यायिक निर्णयहरू तपाईँकै पक्षमा निर्णय हुनसक्छ । नजिकको मित्रबाट विशेष सहयोग मिल्नेछ, शेयर बजारमा भने नोक्सानी रहला ।
राशिफल जे जस्तो भएपनि तपाईको दिन शुभ रहोस् । - ज्यो.प. नारायणप्रसाद दुलाल