Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमाले विवाद : आज पनि भएन सहमति, भोलि फेरि बस्ने निर्णय

काठमडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले कार्यदलको बैठक मंगलबार सहमतिबिनै सकिएको छ । एमालेको विवाद समाधान गर्न गठित १० सदस्यीय कार्यदलको बैठकमा पार्टी भित्रको विवादबारे विषयगत छलफल सुरु भएपनि कुनै सहमति हुन सकेन ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको बैठकमा असहमतिका विषयमा खुला छलफल भए पनि सहमति नभएको कार्यदलका एक सदस्यले बताए  । बैठक बुधबार विहान साढे ८ बजे फेरि बस्नेछ ।

प्रतिनिधिसभा विघटन विरुद्धको रिटमाथि सर्वोच्चको फैसला अगाडि नै पार्टीको विवाद समधान गर्ने गरी एमालेका दोस्रो तहका नेताहरुले घनिभूत छलफल गरिरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077