Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

संसद पुनर्स्थापनाको विकल्प छैन, देउवाजी प्रधानमन्त्री बन्नुहुन्छ : प्रचण्ड

जनकपुरधाम। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद पुनर्स्थापनाको कुनै विकल्प नै नरहेको बताएका छन्।

पार्टीका केन्द्रीय सदस्य महादेव यादवलाई अन्तिम श्रद्धाञ्जली दिन मंगलबार जनकपुरधाम आएका प्रचण्डले नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न सर्वाेच्च अदालतबाट परमादेश जारी हुने विश्वास व्यक्त गर्दै भने ‘देउवाजी प्रधानमन्त्री बन्नुहुन्छ । अनि संसद पनि पुनर्स्थापना हुन्छ’

अध्यक्ष प्रचण्डले संविधानको मर्म र भावना तथा लोकतान्त्रिक मूल्य र मान्यताअनुसार संसद पुनर्स्थापनाको विकल्प नरहेको बताए। ‘संसद पुनर्स्थापना नहुनुको अर्थ संविधान मिचेपनि भयो, लोकतन्त्र मिचेपनि भयो जनताको भावना विपरित जेपनि गरे हुन्छ भन्ने नजिर स्थापना हुन्छ,’ प्रचण्डले भने, ‘त्यसैले यस्तो हुदैंन भनेर म कल्पनासमेत गर्न चाहिँदिन।’

प्रधानमन्त्री केपी शर्मा ओली नेपाली जनताको नजरमा एउटा निरंकुश र लोकतन्त्र विरोधी तत्वको रुपमा बद्नाम भइसकेको आरोप लगाउँदै प्रचण्डले प्रधानमन्त्रीको दबावले अब केही पनि हुन नसक्ने दाबी गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077