Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मध्यपहाडी लोकमार्गमा एम्बुलेन्समाथि पहिरो खस्दा बिरामीको मृत्यु

पोखरा । बन्दै गरेको मध्यपहाडी लोकमार्ग अन्तर्गतको बाटोमा बिरामी बोकेर अस्पताल जाँदै गरेको एम्बुलेन्समाथि पहिरो खस्दा बिरामीको मृत्यु भएको छ ।

कास्कीको मादी गाउँपालिका–९ मुग्रीबेंसीबाट बिरामी लिएर थुम्सीकोटतर्फ जाँदै गरेको एम्बुलेन्समाथि पहिरो खस्दा एम्बुलेन्समा सवार बिरामी ८३ वर्षीय गोमा अधिकारीको मृत्यु भएको हो।

दुर्घटनामा एम्बुलेन्स चालक सुवास अधिकारी घाइते भएका छन् । ‘ लोकमार्ग अन्तर्गतको खहरे खोलामा एक्कासी लेदोसहितको बाढी आएर एम्बुलेन्समाथि परेपछि चालक अधिकारीले भागेर ज्यान जोगाए पनि विरामी गोमाको भने घटनास्थलमै मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077