Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आधिकारिकता विवादबारे छलफल गर्न जसपाको ठाकुर–महतो समूहको बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो समूहको कार्यकारिणी समितिको बैठक आज बस्दै छ ।

दिउँसो १ बजे बस्ने सो बैठकमा निर्वाचन आयोगसँग जोडिएको पार्टीको विवाद र समूहभित्रको असन्तुष्टिका सम्बन्धमा छलफल हुने बताइएको छ । जसपाको वैधानिकताको विवाद अहिले निर्वाचन आयोगमा छ ।

जसपाको ठाकुर–महतो समूह दबाबमा छ । आफ्नै समुहका नेताहरुबीच असन्तुष्टि बढेपछि समस्या बढ्दै गएको हो ।

सर्वोच्च अदालतको गत असार ८ गतेको आदेशले सरकार छोड्न बाध्य हुनुभन्दा अघिदेखि नै ठाकुर–महतो समूहभित्र असन्तुष्टि बढेको थियो । पार्टीको विवादबारे राय बुझ्न निर्वाचन आयोगले दुवै समूहलाई असार २२ गते बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077