Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

'राजनीतिक अस्थिरताको कारण अदालतको फैसला मात्र हो ?'

काठमाडौँ। प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दा सुनुवाइका क्रममा न्यायाधीश खतिवडाले सरकारी पक्षको बहस र लिखित जवाफमाथि प्रश्न उठाएका छन् ।

सरकारी पक्षले लिखित जवाफमा र बहसका क्रममा राजनीतिक अस्थिरताको कारण अदालतका फैसला भएका टिप्पणी गरेपछि न्यायाधीश खतिवडाले बहसका आएका नायब महान्यायाधिवक्ता पद्मप्रसाद पाण्डेयलाई यस्तो जिज्ञासा राखेका हुन् ।

आज प्रतिनिधिसभा विघटन सिफारिस गर्ने प्रधानमन्त्री कदमको बचाउमा बहसमा आएका नायब महान्यायाधिवक्ता पाण्डेयले भारतमा संसद् विघटनले स्थिरता ल्याएको तर्क गरेका थिए ।

त्यसपछि न्यायाधीश खतिवडाले भने, 'भारतभन्दा हामी रिभर्समा गइरहेका छौं । नेपालमा २०५२ मा विघटन भयो अदालतले बदर गर्‍यो । त्यसपछि पनि विघटन भए । स्थायित्व त कहिल्यै भएन । सरकार त पटक पटक परिवर्तन भयो ।'

भारतमा संसद् विघटनले राजनीतिक स्थिरता ल्याएको तर नेपालमा अस्थिरता ल्याएको परिस्थितिलाई कसरी हेर्ने भनेर पनि न्यायाधीश खतिवडाले सोधेका थिए । 'यो सबै राजनीतिक अस्थिरताको एकमात्र कारण अदालतको फैसला हो भन्ने ढंगबाट लिखित जवाफ पनि आए र बहसमा पनि कुरा आयो, त्यै शब्दमा व्यक्त नभएपनि,' उनले प्रश्न गरे, 'राजनीतिक अस्थिरता को एकमात्र कारण अदालतको फैसला मात्र हो कि अरु पनि छन् ?'

न्यायाधीश ईश्वरप्रसाद खतिवडाले नेपालमा २०४६ पछि भएका संसद् विघटनको उदाहरण दिँदै नेपालको विगतलाई कसरी हेर्ने भनी प्रश्न गरे । जवाफमा पाण्डेयले भारतमा २० वर्षमा विघटनको शृङ्खला सकिएर स्थिरता शुरु भएको भन्दै हाम्रोमा पनि समय लाग्ने जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077