Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

काठमाडौंमा सार्वजनिक यातायातदेखि बजार-पसल सबै खुले, हेर्नुहोस् के-के खुलेनन् (सूची)

काठमाडौँ । उपत्यकाका जिल्लाहरु (काठमाडौँ, भक्तपुर र ललितपुर)मा जारी निषेधाज्ञा खुकुलो पार्दै भोलिदेखि २५ सिट माथिका सार्वजनिक बस चल्न दिने निर्णय भएको छ।

आज बिहान बसेको उपत्यकाका ३ जिल्ला प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सो निर्णय गरेको काठमाडौँका सीडीओ कालीप्रसाद पराजुलीले जानकारी दिए ।

'जोर बिजोर प्रणालीका आधारमा सार्वजनिक बस चल्न दिने निर्णय भएको छ, सीडीओ पराजुलीले भने, ' ती बसहरूले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने, बसमा सेनीटाइजर राख्ने तथा सिटमा यात्रुको दूरी राख्नुपर्ने जस्ता मापदण्ड तोकिएको छ ।'

कोरोना भाइरस संक्रमणका कारण गत बैशाख १६ गतेदेखि लागू गरिएको उपत्यकाको निषेधाज्ञा जारी रहेको छ भने पछिल्लो हप्तादेखि निजी सबारीमा जोरबिजोर लागू भएको छ।

यस्तै,लामो दूरीका सवारी साधन भने चलाउन पाइने छैन । सबै किसिमका पसलहरु बिहान ११ बजेदेखि ६ बजेसम्म खोल्न दिइने छ। खाद्यन्य तथा फलफूल र तरकारीका बजारहरू बिहानैदेखि खुल्ने भएका छन् ।

यसअघि थपिएको निषेधाज्ञा आज सोमबार राति सकिँदै छ।

हेर्नुहोस् भोलिदेखि के- के खुल्छन् के-के खुल्दैनन् :-

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077