Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रपतिले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्थ्यो : अधिवक्ता भण्डारी

काठमाडौं । संसद विघटनविरुद्धका रिटमाथि आइतबारको बहस जारी रहेको छ ।

बहसमा रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता सविता भण्डारीले काँग्रेस सभापति शेरबहादुर देउवासँग विश्वासको मत लिन सक्ने आधार हुँदाहुँदै राष्ट्रपति विद्यादेवी भण्डारीले बदनियत राखेर प्रधानमन्त्रीमा नियुक्त नगरेको जिकिर गरेकी छिन् ।

‘राष्ट्रपतिले शेर बहादुर देउवालाई नियुक्त नगरेर बदनियत राख्नुभएको छ । १४९ जनाको हस्ताक्षर सहित जाँदा उहाँले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्नुपर्थ्याे ।’ उनले भनिन्।

उनले प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवाको दाबी पुग्ने तर्क गर्दै अदालतबाट स्वतन्त्र र सहि फैसला आउने अपेक्षा गरिएको बताइन् ।

संविधानको धारा ७६(५) को सरकार नबनी संसद विघटन नहुने तर्क गर्दै, ‘७६ (५) दलहरूले सरकार दिन नसकेपछि सांसदले सरकार बनाउने ठाउँ हो त्यही अनुसार फैसला होस् ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077