Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • ट्वान्टी–ट्वान्टी श्रृङ्खलाको उपाधि इङ्ग्ल्यान्डलाई

    ट्वान्टी–ट्वान्टी श्रृङ्खलाको उपाधि इङ्ग्ल्यान्डलाई

    अनलाइन नेपाल
  • आइतबार, १३ असार २०७८
  • 3.1K
    SHARES

    एजेन्सी । ट्वान्टी–ट्वान्टी क्रिकेट श्रृङ्खलाको उपाधि इङ्ग्ल्यान्डले जितेको छ ।

    तेस्रो ट्वान्टी–ट्वान्टी क्रिकेट श्रृङ्खलाअन्तर्गत गएराति भएको खेलमा श्रीलङ्कालाई ८९ रनले हराउँदै इङ्ग्ल्यान्डले श्रृङ्खला ३–० ले आफ्नो पक्षमा पारेको हो । इङ्ग्ल्यान्डले दिएको १ सय ८१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको श्रीलङ्काले १८ ओभरमा ५ बलमा अलआउट भएर ९१ रन मात्र बनाउन सक्यो । श्रीलङ्काकाका लागि बिनुरा फर्नान्डोले सर्वाधिक २० रन बनाए ।



    ओसडा फर्नान्डोले १९ रन जोड्दा निरोशन डिक्वेलाले ११ रन जोडे । इङ्ग्ल्यान्डका डेभिड विलीले ३ तथा साम कुरानले २ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको इङ्ग्ल्यान्डले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८० रन बनाएको थियो ।



    इङ्ग्ल्यान्डका डाविड मालनले ७६ रन, जोनी बेयर्स्टोले ५१, लियाम लिभिङस्टोनले १४ रनको योगदान गरे ।

    यस्तै, साम करण ९ र क्रिस जोर्डन ८ रनमा अविजित रहे । श्रीलङ्का दुश्मन्था चामिराले ४ विकेट लिए भने बिनुरा फर्नान्डो र इसुरु उडानले एकरएक विकेट लिए । पहिलो खेलमा इङ्ग्ल्यान्ड ८ विकेट र दोस्रो खेलमा ५ विकेटले विजयी भएको थियो ।

    श्रीलङ्का र इङ्ग्यान्डबीच पर्सी मंगलवारदेखि तीन खेलको एक दिवसीय श्रृङ्खला पनि हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार