Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भारतलाई चेतावनी दिंदै यादवले भने– आन्तरिक मामिलामा हस्तक्षेप नगर्नुस्

सप्तरी । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न भारतलाई चेतावनी दिएका छन् । नेपालको आन्तरिक मामिलामा निर्णय गर्ने अधिकार नेपालीहरुकै भएको भन्दै उनले आफूहरु भारतविरोधी नभएको, तर मित्रताको सम्बन्ध होस् भन्ने चाहेको बताए ।

सप्तरीको राजविराजमा शनिबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै यादवले भने–‘हामी भारतको मित्र हौं । भारतविरोधी हुन सक्दैनौं, कुनै नोक्सान पनि पुर्‍याउन सक्दैनौं । तर हामी मित्र छौं मित्रकै व्यवहार हुनुपर्छ ।’

मित्रता र दासत्वमा फरक रहने भन्दै उनले आफूहरुले सबै देशसँग मित्रता, सहयोग र सद्भाव चाहेको बताए । उनले भने–‘मेरो मित्र हुनुहुन्छ । तपाईंको घरमा मैले खटनपटन गर्न चाहेँ भन्ने स्वीकार गर्नुहुन्छ ? स्वीकार गर्नु हुन्न नि १’ उनले अघि भने–‘यस्तो मित्र चाहिँदैन भनेर लठी लिएर आउनुहुन्छ नि १ अहिलेको सवाल यही हो ।’

आफ्नै पार्टीका महन्थ ठाकुर पक्षका नेताहरु तर्फ संकेत गर्दै उनले विहान साँझ नै दूतावासमा जाने गरेको बताए । कोही दिल्ली, पटनासमेत गएको भन्दै यादवले यस्ता गतिविधिले भारतको समेत हित नहुने बताए ।

संघीयता र लोकतन्त्रलाई समाप्त पार्ने प्रगतिमनकारी कदम कुनै हालतमा स्वीकार्य नहुने यादवले बताए । उनले भने–‘लोकतन्त्र र संघीयता रहे न मधेसले अरु अधिकार पाउँछ, यो नभए के पाउनु ? लडाई यहीँ छ ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077